काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ।
आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार ३ हजार ९ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ।





