प्रोटोनको प्रि–दसैं सर्भिस क्याम्प असोज २८ देखि, स्पेयर पार्ट्समा २० प्रतिशतसम्म छुट

काठमाडौं । दसैंको लामो यात्रालाई सुरक्षित र सहज बनाउने उद्देश्यसहित प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दसैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ।

कम्पनीले असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्न लागेको हो। क्याम्पमा प्रोटोनका ग्राहकले आफ्नो सवारीसाधनको निःशुल्क जाँच गराउन सक्नेछन्।

क्याम्प अवधिमा स्पेयर पार्ट्समा २० प्रतिशतसम्म र सर्भिस तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यस्तै, सहभागी ग्राहकले दुई पटकसम्म निःशुल्क सवारीसाधन धुने सुविधा पाउनुका साथै उपहार ह्याम्परसमेत प्राप्त गर्नेछन्।

दसैंमा परिवारसँग भेटघाट गर्न तथा गृहजिल्ला जान लामो दूरीको यात्रा गर्ने ग्राहकलाई लक्षित गरी क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। यात्राअघि सवारीसाधनको अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गराउँदा यात्राका क्रममा आउन सक्ने प्राविधिक समस्या कम गर्न र यात्रा सुरक्षित बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्यसहित क्याम्प आयोजना गर्न लागिएको जगदम्बा मोटर्सले जनाएको छ। कम्पनीले दसैंको यात्राअघि आफ्नो सवारीसाधनको जाँच तथा सर्भिसिङ गराई सुरक्षित यात्राको तयारी गर्न प्रोटोनका सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *