प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले बिहीबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षबीच नेपाल–अष्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा हाल वालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएको छ।

भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

नेपाल र अष्ट्रेलियाबीच शिक्षा, पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तार हुँदै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *