हरेक दसैँ–तिहारमा मनपरी भाडा, ‘एयरलाइन्सलाई चिकेन चिल्ली, यात्रुलाई लौका’ भन्दै सांसद प्रसाईँको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईँले चाडपर्वको समयमा एयरलाइन्स कम्पनीहरूले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको आरोप लगाए।

उनले भने, ‘धनगढीको फ्लाइटको एउटा टिकटको मूल्य १६ अक्टोबरदेखि १६ हजार, झापा भद्रपुरको १२ हजार। हरेक दसैँ तिहारमा मनपरी भाडा, मौकामा चौका। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका।’

टिकटमा कालोबजारी भएको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउँदै रमिते नबन्न आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *