शेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ को विन्दुमा बन्द भएको हो।

आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२.४७ प्रतिशतका दरले कमाएका छन् । सोनापुर मिनरल्सका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ७.५६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *