काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.०६ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै हाथवे इन्भेष्टमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले गुमाएका हुन् ।




