सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै,आजको बजारमा चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *