चिलिमेमा पहिलो ब्लास्टिङ, सुरुङभित्र छिट्टै ६ जनाको उद्धार गर्छौँ: सागर ढकाल

काठमाडौं । रास्वपाका सांसद सागर ढकालले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट छिट्टै सम्भवतः अरू ६ जनाको उद्धार गर्ने बताएका छन्। आज ३ एको सामान लगेर पहिलो ब्लास्टिङ भएको जनाएका छन्।

उनले भनेका छन्, ‘३ए सुरुङ (टनेल) उकालो भएकाले माटो निकाल्न पानीको फोहराको जुक्ति लगाएका थियौँ। चिलिमेमा भने सुरुङ ओरालो छ, तसर्थ लेदो माटो निकाल्नका लागि अर्को उपाय चाहिन्छ र यो तलको मसिन आज दिउँसो बनाएका छौँ। राति विदुर पुगेर भोलि बिहानै चिलिमे पुग्छ।’

भोलिबाट काम द्रुत गतिमा भयो भने भोलि साँझ या पर्सि बिहानसम्म सुरुङभित्र छिर्न सकिने उनको अनुमान छ। उनले भनेका छन्, ‘सुरुङको काम हो, भनेजस्तो ठ्याक्कै नहुन पनि सक्छ तर धेरै आशावादी छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *