सुनचाँदीको मूल्य घट्ने क्रम जारी

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

आईतबार सुन प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घट्दाे क्रममा रहेकाे छ ।

आज चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *