काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज नेपाली बजारमा चाँदी पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।




