नेपालका रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’ को फाइनलमा प्रवेश

काठमाडौँ ।  नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन् ।

चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन् । रवीन्द्र रोड टु यूएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन् ।

ढाँटले गत मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । ढाँट बझाङका ‘बाघ’का नाममा चर्चित फाइटर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *