काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष “द सेभिङ एक्स्ट्रभगान्जा” योजना सार्वजनिक गरेको छ।
स्टल नम्बर टीडब्लूई-११ मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले रु. २८,५०० सम्मको विशेष लाभ प्राप्त गर्नेछन् । यसअन्तर्गत खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्याग समेत प्राप्त गर्नेछन् ।
यो योजना नगद, फाइनान्स तथा एक्सचेन्ज मार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । यस वर्ष भेस्पाले नाडामा आफ्नो उपस्थिति अझ विशेष बनाउँदै इटालियन क्याफे-इन्सपायर्ड थिममा स्टल तयार गरेको छ । स्टलको डिजाइनमार्फत भेस्पाको प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको छ ।
प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लिलाक रंगमा भेस्पा १२५ र ओरो रंगमा भेस्पा एस १२५ प्रस्तुत गरिएको छ । साथै, अप्रिलियाका अन्य मोडलहरू स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका अन्य रंगका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ पनि प्रदर्शनीमा राखिएका छन् ।
यस अवसरमा डेल्टा अटोकर्प प्रालिका डाइरेक्टर एन्ड सीईओ विजय के. महतोले भने, “नाडा अटो शो २०२६ मा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी खुसी छौं। नयाँ अप्रिलिया एसआर १७५ एचपीई तथा लिलाक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव दिनेछ। साथै, भेस्पाको क्याफे-थिमड स्टल र ‘द सेभिङ एक्स्ट्रभगान्जा’ ले नाडाको अनुभवलाई अझ विशेष बनाउने हाम्रो विश्वास छ।”





