विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ ।

कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखतबहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। कुल ९ जनाको आवेदन परेकोमा त्यसबाट ३ जनाको नाम सिफारिस भएको हो ।

कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्रिपरिषद् बैठकबाट हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *