काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ को विन्दुमा कायम भएको छ ।
आज ३४४ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार रकम भएको छ । आज यसको ७० करोड ८७ लाखको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोपावरको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लिबर्टी इनर्जीको १६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सर्वोतम पेन्ट्सका लगानकिर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ६.९६ प्रतिशतका दरले कमाएका छन् । विकास हाइड्रोपावरका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२.८३ प्रतिशतका दरले गुमाएका छन् ।




