नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।




