नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।




