हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रतालाई कायमै राखेकी छन् ।
६३ हजार १२४ मतगणना भइसक्दा लामाले १९ हजार ९६४ मत प्राप्त गर्दै अग्रता कायमै राखेकी हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८ हजार १९२ मत प्राप्त गरेका छन् । लामा र पौडेलबीचको मतान्तर १७७२ रहेको छ ।
तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १७ हजार ५६० मत ल्याएका छन् । उनी एमालेका पौडेलभन्दा ६३२ मतले पछाडि छन्
Artha Sanjal






