प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठकमा सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताएका छन् ।

बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको उल्लेख गरे ।

राजनीतिक दलहरुले गम्भीरतासाथ सुनसरी घटनालाई लिएको उल्लेख गर्दै सभापति लामिछानेले भने- ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ । अहिले शान्ति सद्भाव कायम गर्ने हो । अहिले चर्का कुरा गर्ने होइन । कसले बोल्यो कसले बोलेन भन्ने होइन । समाजिक सद्भाव नभड्कियोस् भन्ने हो ।’

उनले सबै राजनीतिक दलहरूको तर्फबाट संयुक्त अपिल जारी गर्ने जानकारी दिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *