सुनसरी घटना छानबिन समिति गठन, को को छन् सदस्य ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी सदस्य तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहेका छन्।

यो समितिले घटना छानबिन गरी एकहप्ताभित्र प्रतिवेदन बुझाउने म्याद पाएको छ । समितिले यसखाले घटना दोहोरिन नदिन केके गर्न सकिन्छ भन्नेबारे पनि प्रतिवेदनमा उल्लेख गर्नेछ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । उक्त घटनापछि सुनसरी अशान्त छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

सुनसरीको उक्त घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । उक्त छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *