एक वर्षमा सरकारमार्फत ८ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा जी–टु–जी प्रणालीमार्फत ८ हजार १ सय ९७ नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ। वैदेशिक रोजगार विभागका अनुसार उनीहरूमध्ये ७ हजार १ सय ७ जना दक्षिण कोरिया र १ हजार ९० जना इजरायल गएका हुन्।

विभागको तथ्यांकअनुसार जी–टु–जीमार्फत विदेश जानेमध्ये ६ हजार ९ सय ४५ जना पुरुष र १ हजार २ सय ५२ जना महिला रहेका छन्।

यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ४ हजार ४ सय ५६ जनाले कमी हो । उक्त आर्थिक वर्षमा १२ हजार ६ सय ५३ जना गएका थिए । सो आर्थिक वर्षमा ६ सय ३९ जना इजरायल गएका थिए भने १२ हजार १४ जना कोरिया गएका थिए ।

नेपालले दक्षिण कोरियामा सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका श्रमिक पठाउँदै आएको छ। यस्तै, सन् २०२० मा भएको श्रम सम्झौतापछि इजरायलमा केयरगिभर पठाउने व्यवस्था लागू गरिएको हो।

विभागका अनुसार पछिल्लो चार आर्थिक वर्ष (२०७९/८०–२०८२/८३) मा जी–टु–जी प्रणालीमार्फत कुल ५४ हजार १ सय ५७ नेपाली वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायल गएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *