नेप्सेको ओटीसी बजारमा साढे ४ अर्बभन्दा बढीको शेयर कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओटीसी बजारमा गत आर्थिक वर्ष २०८२/८३ मा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्सेको तथ्यांकअनुसार उक्त अवधिमा विभिन्न कम्पनीकाे ४ अर्ब ५१ करोड ५९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो। सो क्रममा २ करोड ४८ लाख ३९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

ओटीसी बजारमा सबैभन्दा धेरै कारोबार फोनपे पेमेन्ट सर्भिसको भएको छ। उक्त कम्पनीको ११ लाख ५२ हजार ११ कित्ता शेयर १ अर्ब ५१ करोड ४८ लाख ९४ हजार ४६५ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको छ।

यसैगरी दोस्रो धेरै कारोबार नासा सेक्युरिटिज कम्पनीको भएको छ। यो कम्पनीको ४९ लाख २६ हजार ६ कित्ता शेयर ५५ करोड १७ लाख १७ हजार ६७२ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेले ओटीसी मार्केटको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। ओटीसी मार्केटमा २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार हुने गर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *