काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।
यो शेयर हालका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
निवेदन ३५ दिनभित्र काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।




