कांग्रेसको गढ सुनवर्षीमा एमालेले गाड्याे जितकाे झन्डा

 कांग्रेसको गढ मानिएको मोरङको सुनवर्षी नगरपालिकामा एमालेले पहिलो पटक जित दर्ता गरेको छ । यहाँको नगर प्रमुखमा एमालेका श्याम राजवंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका छन ।

राजवंशीले ८ हजार ६ सय ३९ मतले विजयी दर्ता गर्दा कांग्रेसका यज्ञ कार्कीले ६ हजार ९५२ मत ल्याए । त्यसैगरी उपमेयरमा एमालेकी केवरतले ८ हजार ३ सय ८३ मत ल्याउँदा कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले मेयर उपमेयरसहित वहुमत वडा जितेको थियो । मोरङको क्षेत्र नं २ मा पर्ने सुनवर्षी नगरपालिका क्षेत्र यसअघि कांग्रेसको आधार क्षेत्र मानिन्थ्यो ।

यस क्षेत्रबाट गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्ययाले २०४६ यताका निर्वाचन जितेका थिए । अहिले यो क्षेत्रबाट मिनेन्द्र रिजाल संघीय सांसद छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *