आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन तोलामा दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा किनबेच भएको थियो। सुनचाँदीको मूल्य बिहीबारको बजारमा पनि भारि मात्रामा वृद्धि भएको थियो ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी तोलामा चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *