काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छ। बुधबार सुन तोलामा दुई लाख ७७ हजार ३०० सय रुपैयाँ किनबेच भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी तोलामा चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






