काठमाडौं। सिद्धार्थ बैंकको संस्थापक समूहको करिब पौने ३ लाख कित्ता सेयर बिक्री खुलाएको छ।
बैंकले संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता सेयर बिक्री खुलाएको हो। यो सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।
यसअघि बैंककै संस्थापक सेयरधनीलाई सेयर बिक्री खुला गरिएकााा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुलाइएको हो।
सेयर खरिदका लागि ७ दिनभित्र नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ।




