सूर्यज्योति लाइफको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।

यो शेयरमा कम्पनीको विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य जोकोही व्यक्तिले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र यही असार १८ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *