काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal






