काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै आगामी सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
कम्पनीको आईपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो। सामान्यतः सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार सुरु हुने भए पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबारबाट मात्रै कारोबार सुरु हुने भएको हो।
नेप्सेमा कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ। यसमध्ये सर्वसाधारण समूहको ४२ लाख ३० हजार ६६८ कित्ता (३५.२६ प्रतिशत) र संस्थापक समूहको ७७ लाख ६९ हजार ३३२ कित्ता (६४.७४ प्रतिशत) सेयर रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘टीपीकेएचएल’ पाएको छ।






