काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार लम्साललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन्। लम्साल हाल अर्थ मन्त्रालयका प्रवक्तासमेत हुन्।
यसअघि अध्यक्ष रहेका हेमन्त बस्यालले गत वैशाख १४ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
Artha Sanjal






