तलब नपाएपछि मधेशका १३६ स्थानीय तहका प्रयोगशालाकर्मी आन्दोलनमा

जनकपुरधाम । मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीहरू तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालित प्रयोगशालाका कर्मचारीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना सुरु गरेका हुन्।

आर्थिक वर्ष २०८२/०८३ को कार्तिक महिनादेखि हालसम्म तलब प्राप्त नभएको, चाडपर्व भत्ता लगायत कानुनबमोजिमका सेवा–सुविधासमेत नपाएको उनीहरूको गुनासो छ ।

चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया टुंगो लाग्न नसकेको गुनासो उनीहरूको छ ।

समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएकोले आन्दोलनको बाटो रोज्न बाध्य भएको उनीहरूले बताएका छन् ।

प्रयोगशालाकर्मीहरूले बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्। माग सम्बोधन नभए जनस्वास्थ्य सेवा प्रभावित हुन सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *