शेयर बजारमा सामान्य अंककाे गिरावट, ४ अर्ब ३४ करोडकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ को विन्दुमा बन्द भएको छ ।

आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको २४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३.३१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *