नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा

काठमाडौं। नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकैपटक ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो।

प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार सरुवा गरिएको विभागले जनाएको छ।

विभागका अनुसार सरुवा भएका सबैले तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *