कालंगा हाइड्रोको आइपीओ बाँडफाँड

काठमाडौं । कालंगा हाइड्रोको आईपीओ आज जेठ २७ गते बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको छ ।

कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता बिक्री गरिएको छ ।

उक्त आईपीओमा २९ लाख १ हजार ९२४ आवेदकबाट ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर माग भएको थियो । जसमा २८ लाख ६० हजार ७६६ आवेदकबाट माग भएको ३ करोड ११ लाख ४ हजार ७८० कित्ता शेयर सदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। जसमा भाग्यमानी २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबले सदर आवेदकमध्ये २५ लाख ७३ हजार ७६६ आवेदकको हात खाली भएको छ ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *