काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि पक्राउ परेका उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा सहित चार जनाविरुद्ध अनुसन्धान भइरहेको छ।
पक्राउ पर्ने अन्य अभियुक्तहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंको तारकेश्वर–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा भुजेलमाथि धारिलो हतियार तथा फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल मा मृत्यु भएको थियो।







