काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डमा रिक्त ५ कार्यकारी समिति सदस्य पदका लागि खुला दरखास्त आह्वान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै इच्छुकलाई ५ दिन भित्र बायोडाटा पठाउन भनेको छ ।
मन्त्रालयले यसअघि नियुक्तिका लागि रोष्टर भर्न भनेको थियो । सो रोष्टरमा सूचीकृत भइसकेकाको हकमा भने पुनः बायोडाटा पठाउनु नपर्ने गरी सूचित गरिएको छ ।
Artha Sanjal







