हेटौंडामा राप्रपाको अग्रता, एमाले तेश्रो

हेटौंडा उपमहानगरपालिकाको मेयसमा राप्रपाले अग्रता लिएको छ ।

राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७ सय १० मतसहित अगाडि छन् । सत्ता गठबन्धनकी नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २ हजार ६ सय ६९ मतसहित सिंहलाई पछ्याइरहेकी छन् । यसअघि लगातार लामा अगाडि थिइन् ।

तेश्रो स्थानमा रहेका एमालेका अनन्तराम पौडेलले २ हजार ४ सय ३४ मत पाएका छन् । उपमेयरमा भने सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका राजेश बानियाँले ३ हजार ९ सय ८२ मत ल्याएका छन् ।

एमालेकी उम्मेदवार सुमित्रा काफ्ले ३ हजार १६ मतसहित बानियाँलाई पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेको ८ सय ३ मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *