काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्सले आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज– एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्दछ ।
यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटक न्यूनतम १ हजार वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहर नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागु हुनेछ ।
‘मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ’ अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्सका प्रवक्ताले भने, ‘डाइन विथ द डिभासमार्फत हामी यो उत्सवलाई ग्राहकहरूसम्म सिधै पुर्याउन चाहन्छौं ।’ आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्ने ग्राहकहरूप्रति कृतज्ञता स्वरूप अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहेको कम्पनीले जनाएको छ






