घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने बढ्दाे क्रममा

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *