नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भएको थियो।
Artha Sanjal






