काठमाडाैं । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई बिक्री यही वैशाख २९ गतेदेखि हुने भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बैंकिङ समयपछि हुनेछ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायबल क्यापिटल लिमिटेड रहेको छ।






