वीपी राजमार्गमा अलपत्र यात्रुलाई फलफूल वितरण

काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानका डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ, जसका कारण यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

राजमार्ग खुलाउन समय लाग्ने देखिएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीले फलफूल, चाउचाउ र पानी वितरण गरेका छन्।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक सम्भवत: आइतबार साँझसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन कठिन हुने अनुमान गरिएको छ।
यो राजमार्ग शनिबार दिउँसो ४ बजेदेखि अवरुद्ध छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *