काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।
Artha Sanjal






