प्रि ओपन सेसनमा करिब साढे ६ अंक घट्यो नेप्से

काठमाडौंं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा ६.३० अंक घटेर २८३२.०९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३६ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ११२ स्टकको ३८३ पटकको कारोबारमा २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँ २० पैसाबराबरको २९ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने ४१ स्टकको मूल्य घटेको छ। बाँकी १६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *