तोलामा एक हजार रुपैयाँले घट्यो सुन

नेपाली बजारमा सुनको भाउ आज एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन तोलामा ७ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।​ तेजावी सुन आज प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *