फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरेको हो।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ।

परिवर्तित मूल्यअनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँबराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *