ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *