कृषिमन्त्रीको सम्पत्ति: ५० हजारको घडी, दुई वटा बाख्रा र १० वटा कुखुरा !

काठमाडौँ। कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ ।

मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ ।

विभिन्न ५ वटा बैंकमा गरी उनको कुल १ लाख २६ हजार रुपैयाँ बचत रहेको छ ।

विवरणअनुसार, मन्त्री चौधरीले स्वआर्जनबाट ३ लाख ३० हजार रुपैयाँमा एउटा स्कुटर खरिद गरेकी छन् भने अर्को स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ । साथै, उनको नाममा २ लाख ५० हजार कित्ता सेयर पनि रहेको छ।

मन्त्री चौधरीको सम्पत्तिको सबैभन्दा रोचक विवरणमा उनले माइतीबाट प्राप्त गरेका २ वटा बाख्रा र १० वटा कुखुरा पनि समावेश छन्, जसलाई उनले सम्पत्तिको रूपमा विवरणमा उल्लेख गरेकी छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *