उदयपुर । उदयपुरको बेलका नगरपालिका–६ स्थित वाबुङला सामुदायिक वनबाट प्रहरीले दुई थान भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन्।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
Artha Sanjal






