काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहअन्तर्गत १ लाख ८६ हजार ५६५.१३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त सेयर खरिदका लागि प्रचलित कानुनअनुसार योग्य सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।
शेयर खरिदका लागि निवेदन ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
Artha Sanjal






